Main News

काठमाडौँको चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज २१ गते १०:०५
काठमाडौँको चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु

२१ असोज २०७९ काठमाडौं । लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

चार दिनदेखि परिरहेको वर्षाले लाखौँ मानिस प्रभावित बनेका छन् । सयौँको सङ्ख्यामा घरहरू डुबानमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बेलुकासम्म देशभर २३ वटा विपदका घटना भएका छन् ।

जसमा २ करोडभन्दा बढीको क्षति भएको छ । आज बिहान काठमाडाँंको चन्द्रागिरिमा रहेको एक ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका– २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा राति १२ को समयमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५२ वर्षका राजु श्रेष्ठ, उहाँका श्रीमती ४५ वर्षका रेखा श्रेष्ठ र उहाँको डेढ वर्षका छोरी रहेको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताउनुभयो ।

लगातारको वर्षाका कारण नदीहरूको जलसतह पनि बढ्दै गएको छ । भेरी, बबई, कर्णाली लगायतका नदीमा पानीको सतह बढ्दै गएपछि बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *