सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
२१ असोज २०७९ काठमाडौं । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँडको निर्णय गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
नेताहरूका अनुसार आज सहमति गर्ने गरी छलफलको तयारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बैठकमा सिट बाँडफाँड कार्यदलका सदस्य र शीर्ष नेताहरू सहभागी हुनेछन् ।
कार्यदलस्तरमा गठबन्धनले सिटका बारेमा छलफल गर्न लागेको २ महिना बितिसकेको छ । नेताहरू सिट बाँडफाँडका बारेमा आज बिहान सहमतिमा हस्ताक्षर गर्ने भन्दै हिजोको बैठकबाट उठेका थिए । पाँच दलमा प्रदेशसभातर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकेको बताइएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० को उम्मेदवार मनोनयनको समय निर्वाचन आयोगले पर्सिका लागि तय गरेको छ ।
प्रतिक्रिया