Main News

दशैं, प्रकाशकहरुलाई पुस्तक प्रकाशनको पर्व (भिडियो रिपोर्टसहित)

२०७९ असोज २० गते २१:४५
दशैं, प्रकाशकहरुलाई पुस्तक प्रकाशनको पर्व (भिडियो रिपोर्टसहित)

२० असोज २०७९ काठमाडौं । अहिले नेपालीहरु हर्षोल्लाहसका साथ दशैं मनाइरहेका छन् । यता प्रकाशकहरु भने पुस्तक प्रकाशनको चटारोमा लागेका छन् । अन्य समयको तुलनामा चाडपर्वको सम्मुखमा बढी पुस्तक छपाइ गर्न पाउँदा प्रकाशकहरु यसलाई पुस्तक प्रकाशनको पर्वको रुपमा लिइरहेका छन् ।

चाडपर्व नजिकएसँगै पुस्तक प्रकाशनको क्रम पनि बढ्छ । चाडपर्वमा पाठकहरु केही फुसार्दिला हुन्छन् भनेर लेखकहरुले पुस्तक लेख्ने र छपाउने गरेका छन् ।

यस वर्ष चाडपर्वको सम्मुखमै सुविन भट्टराईको इजोरिया, प्रदीप रोदनको मफलर, डा. भगवान कोइरालाको हृदय, राजनीतिज्ञ रविन्द्र मिश्रको विचारभन्दा माथि देश, खगेन्द्र लामिछानेको फुर्के र खगेन्द्र लामिछानेका नाटक, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’, रामलाल जोशीको बाआमा, कुमार नगरकोटीको मिस्टिका लगायत पुस्तकहरु विमोचन भए ।

पुस्तक बढी विमोचन हुनुको अर्थ यसको प्रकाशनमा पनि चाप बढ्नु हो । यसले प्रकाशकलाई पनि हर्ष बढाउँछ । जसरी हामीले दशैंलाई हर्ष र उल्लाहासको पर्वको रुपमा लिन्छौं, प्रकाशकहरु पनि आफू व्यस्त हुनुलाई हर्ष मान्छन् । उनीहरुका लागि पनि यो समय एक चाड झैं बनेको छ । कतिपय लोकप्रीय लेखकका पुस्तक छपाइँले त झन् उनिहरुलाई उत्साहित बनाएको छ ।

यो समयमा सहित्यीक मात्रै नभएर कतिपयले आत्मकथा र ऐतिहासिक दस्ताबेज समेत छपाइ गर्ने गरेका छन् । यसले प्रकाशकहरुलाई भ्याइनभ्याइ छ । तर, पछिल्लो पुस्ता डिजिटल सामग्रीमा बढी रमाउने हुँदा पुस्तकको खरिद बिक्रिमा भने केही प्रभाव परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *