Main News

पोखराको बेगनास र रूपा तालबाट विद्युत उत्पादन गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२०७९ असोज २० गते २१:३२
पोखराको बेगनास र रूपा तालबाट विद्युत उत्पादन गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२० असोज २०७९ कास्की । नेपाल विद्युत प्राधिकरणले पहिलोपटक पोखराका दुई ठूला तालबाट विद्युत उत्पादन गर्ने तयारी अघि बढाएको छ । पोखराको बेगनास र रूपा तालमा रहेको पानीबाट पम्प स्टोरेज प्रविधिमार्फत विद्युत उत्पादन गर्ने तयारी अघि बढाइएको हो ।

नेपाल विद्युत प्राधिकरणले बेगनास तालको पानी रूपातालमा खन्याएर बिजुली निकाल्न तयारी थालेको छ । यी दुइटा ताललाई सुन्दरी डाँडाले छेकेको छ । बेगनासको पानीलाई करिव एक किलोमिटर लामो सुरुङ मार्फत विद्युत गृहमा लगेर रूपा तालमा झारिने छ ।

यसरी १ सय ५० मेगावाट बिजुली निकाल्न सकिने विद्युत प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको छ । विद्युत गृहबाट निस्केर रूपामा खसेको पानीलाई पुनः पम्प गरेर बेगनास तालमा फर्काइने छ ।

बेगनास तालमा अहिले भएको पानीको सतह भन्दा १ दशमलव ४४ मिटर सतह बढाइने छ । अहिले भएको पानीको सतह तालमा घट्ने छैन । बेगनास ताल भन्दा रूपाताल ६० मिटर होचो रहेको कारण विद्युत उत्पादनको लागि सम्भव भएको हो ।

स्टोरेज पानीबाट पिक आवरमा जलविद्यतु उत्पादन गर्ने उदेश्यले बेगनास–रूपा योजनालाई प्राथमिकतमा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस आयोजना अघि बढाउन २०७४ सालमै लाइसेन्स लिएर अध्ययन अगाडि बढाए पनि पूरा गरेको छैन । जापानी सहयोग नियोग ९जाइका० ले गरेको अध्ययनमा तीन मिटर पानी घटाउँदा आयोजनाबाट ३ सय मेगावाट बिजुली निकाल्न सकिने निष्कर्ष निकालेको थियो ।

प्राधिकरणको प्रारम्भिक अध्ययनले यस आयोजनाबाट १ सय ५० मेगावाट बिजुली निकाल्दा २० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *