Main News

बारा बस दुर्घटनामा १६ जनाको मृत्यु, घाइते २० जनालाई भरतपुर लगियो

हिमालय टिभी
२०७९ असोज २० गते १५:५६
बारा बस दुर्घटनामा १६ जनाको मृत्यु, घाइते २० जनालाई भरतपुर लगियो

२० असोज २०७९ मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

हेटौँडाको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो ।

यसैगरी हेटौँडा उपमहानगर–१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका–१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसिया पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा उपमहानगर–७ की १७ वर्षीया सोनिया श्रेष्ठ, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ का ११ वर्षीय शिशिर विक, हेटौँडा उपमहानगर–१४ का १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ का ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बाँस्तोला र वीरगञ्ज–१६ का सात वर्षीय दीपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगर–८ का १७ वर्षीय सलमान आलम, सोही ठाउँका १५ वर्षीय सवनम खातुन र हेटौँडा उपमहानगर–१४ की सात वर्षीया सुविना घिसिङलाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । बसमा करिब ५० जना सवार थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *