Main News

नेपाल आउने बित्तिकै क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

हिमालय टिभी
२०७९ असोज २० गते १३:१३
नेपाल आउने बित्तिकै क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

२० असोज २०७९ काठमाडौं । १७ वर्षीया किशोरी बलात्कारको आरोपमा राष्ट्रिय क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौशाला प्रहरी वृत्तमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

अमेरिकाबाट कतारको दोहालाई ट्रान्जिट बनाएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

प्रहरीसामु आत्मसमर्पण गर्ने भनेपनि अदालतले पक्राउ पूर्जी नै जारी गरेकाले लामिछानेलाई प्रहरीले विमानस्थलमै हतकडी लगाएको थियो । गौशालामा हाजिर गराएर प्रहरीले लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *