Main News
बारामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु, २० जना घाइते
२०७९ असोज २० गते १३:०७

२० असोज २०७९ काठमाडौं । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरका एसपी वामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिँदै छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।
नारायणगढबाट पथलैयातर्फ आउँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस खोलामा झरेको थियो । बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया