Main News

कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असोज २० गते ९:३५
कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै

२० असोज २०७९ काठमाडौं । उम्मेदवार छनोटका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजका लागि बोलाइएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठकमा सिट बाँडफाँडका बारेमा सत्ता गठबन्धनमा भएको छलफल र सहमतिको प्रयासका बारेमा शीर्ष नेताले जानकारी गराउनेछन् । त्यसपछिको छलफलले चुनावका लागि उम्मेदवारको टुङ्गो लगाउने जिम्मा संसदीय बोर्डलाई दिने बारेमा निर्णय गर्ने कांग्रेस नेता जीवन परियारले बताउनुभयो ।

तीन दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको मापदण्डको बारेमा निर्णय गरेको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइउने मापदण्ड काँग्रेसको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार नबनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *