Main News

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

हिमालय टिभी
२०७९ असोज २० गते ९:२६
टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

२० असोज २०७९ काठमाडौं । बडादसैँँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । तर यसवर्ष देशका अधिकांश स्थानमा वर्षा भएकाले टीका लगाउन जानेहरूको चहलपहल भने कम देखिएको छ ।

बडादसैँ आफैँमा शुभ भएकाले कोजाग्रत पूर्णिमासम्म जतिबेला पनि टीका लगाउँदा हुने जानकारहरू बताउँछन् । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् ।

यो क्रम पूर्णिमासम्म रहन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *