Main News

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

२०७९ असोज १९ गते १६:२१
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

१९ असोज २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन ।

भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *