Main News

डेङ्गुबाट हालसम्म ४१ जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

हिमालय टिभी
२०७९ असोज १८ गते १६:४८
डेङ्गुबाट हालसम्म ४१ जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

१८ असोज २०७९ काठमाडौं । नेपालमा डेङ्गुबाट हालसम्म ४१ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको हो । यस्तै, डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ । बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आकलन गरिए पनि पानी परिरहेकाले जोखिम यथावत छ ।

घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *