Main News

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, भोलि रातिदेखि भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज १७ गते ९:५४
आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, भोलि रातिदेखि भारी वर्षाको सम्भावना

१७ असोज २०७९ काठमाडौं । आज देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावका कारण आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली हुनेछ । राति प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर भोलि रातिदेखि भने थोरै ठाउँमा भारी वर्षा हुने देखिएको छ ।

बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *