Main News
झापामा खुकुरी प्रहार गरी दुई जनाको हत्या
२०७९ असोज १६ गते १३:२६

१६ असोज १६ झापा । झापामा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।
कमल गाउँपालिका(२ सिमलडाँगीमा ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या भएको छ । २३ वर्षीय चन्द्रबहादुर माझीले हत्या गरेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
चन्द्रकला चन्द्रबहादुरकी आमा र सन्तबहादुर काका हुन् । घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।
पारिवारिक कलहका कारण उनले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया