Main News

दलहरूले बन्दसूची सच्याउने अन्तिम दिन आज

हिमालय टिभी
२०७९ असोज १६ गते ९:३९
दलहरूले बन्दसूची सच्याउने अन्तिम दिन आज

१६ असोज २०७९ काठमाडौं । राजनीतिक दलहरूले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावको समानुपातिकको बन्द सूची सच्याउने आज अन्तिम दिन हो ।

यसअघि बुझाइएको बन्दसूचीबाट कसलाई हटाउने र कसलाई थप्ने भन्ने निर्णय गर्न दलहरू छलफलमा छन् । निर्वाचन आयोगले आजसम्ममा संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ ।

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो ।

संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही दलले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रससाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *