Main News

सिमानामा राष्ट्रिय स्तम्भ: व्याँसले दियो भारतलाई सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १५ गते २१:२२
सिमानामा राष्ट्रिय स्तम्भ: व्याँसले दियो भारतलाई सन्देश (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ काठमाडौं । दार्चुलाको भारतीय सीमावर्ती व्यास गाउँपालिकाले सीमा क्षेत्रमा चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण गरेको छ । भारतीय अतिक्रमणमा परेको चुच्चे नक्सासहित गाउँपालिकाले छाङरुमा राष्ट्रिय स्तम्भ निर्माण गरेको हो ।

भारतीय अतिक्रमणमा परेको नेपाली भूभागसहितको चुच्चेनक्सा राखेर दार्चुलाको व्यास गाउँपालिकाले राष्ट्रिय स्तम्भ निर्माण गरेको छ ।गाउँपालिकाले आफ्नै बजेटमा झण्डै १५ लाख रुपैयाँ खर्च गरेर सीमावर्ती छाङरुमा राष्ट्रिय स्तम्भ निर्माण गरेको हो ।

स्तम्भको असोज २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली भूभाग भए पनि भारतसँग निर्भर रहेको छाङरुमा राष्ट्रिय स्तम्भ निर्माण गरेर कम्तीमा राज्यलाई यस भूभागप्रति उत्तरदायी बनाउने सन्देश दिन खोजिएको छ ।

त्यसो त सीमावर्ती गाउँमा निर्माण गरिएको राष्ट्रिय स्तम्भले भारतलाईसमेत नेपाली भूभागमाथिको अतिक्रमण रोक्न सन्देश दिने गाउँपालिकाको अपेक्षा छ ।

यो ठाउँ व्यास ऋषिको मन्दिरका कारण पनि महत्त्वपूर्ण रहेको छ । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भारतीय अतिक्रमणमा परेका नेपाली भूमी समेटेर चुच्चे नक्सा जारी गरिएको थियो । तर नक्सा जारी भए पनि भूभाग भने नेपालले पाउन सकेको छैन ।

यद्यपि सीमा क्षेत्रकै स्थानीय सरकारले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण गरेपछि भारतलाई नेपाली भूभागमाथिको अतिक्रमणको सन्देश भने दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *