राजनीति

रेशम चौधरीको पार्टी कैलालीमा पुराना दलको चुनौती बन्दै (भिडियो रिपोर्टसहित)

२०७९ असोज १५ गते १८:०३
रेशम चौधरीको पार्टी कैलालीमा पुराना दलको चुनौती बन्दै (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ कैलाली । नागरिक उनमुक्ति पार्टी गठन भएको छोटो समयमा नै कैलालीका स्थानीय तहमा आफ्नो प्रभुत्व जमाउन सफल भयो । चार वटा स्थानीय तह जितेको यो पार्टी अहिले ठूला भनिएका राजनीतिक दलका लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनौती बनेको छ ।

२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा सरकारले रेसम चौधरीलाई मुख्य दोषी बनायो । तर, निर्वासित रहेको अवस्थामा चौधरीले राष्ट्रिय जनता पार्टी राजपाबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जित्नुभयो । त्यसपछि जेलमै रहेका चौधरीले नागरिक उनमुक्ति पार्टी गठन गर्नुभयो ।

अहिले यो पार्टी कैलालीमा ठूला भनिएका राजनीतिक दलका लागि चुनौती बनेको छ । स्थानीय तह निर्वाचनमा चार सिट जितेर आफ्ने प्रभुत्व जमाएको पार्टीबाट रेसम पत्नी रन्जिताले प्रतिनिधिसभातर्फ उम्मेद्वारी घोषणा गर्नुभएको छ । रञ्जिताको चुनावी प्रतिस्पर्धा कैलाली क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेद्वार रामजनम चौधरीसँग हुँदैछ ।

कांग्रेस र एमालेको बराबर भोट रहेको मानिएको यो क्षेत्रमा रञ्जिताको उपस्थितिले अनेक प्रश्न उब्जाएको छ । तर, रञ्जिता आफू मात्र नभई कैलालीका ५ वटा क्षेत्रमा जीत सुनिश्चित रहेको दाबी गर्नुहुन्छ ।

क्षेत्र नम्बर १ मा रञ्जिताको उम्मेदवारी पर्दा क्षेत्र नम्बर २ मा अरुण चौधरी चुनावी मैदानमा उत्रिनुहुने भएको छ । क्षेत्र नम्बर २ मा पनि कांग्रेस र एमालेको मत बराबर छ भने गठबन्धन भएमा नेकपा माओवादीको मत मिलाउँदा गठबन्धन बलियो हुनेछ । यो क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादीले संविधान सभा सदस्य भगत बडुवाललाई मुक्ति साझा उम्मेदवार बनाई सकेको छ । तर नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेका अरुण यो भन्दा अगाडि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कांग्रेसको मत काट्ने र आफूलाई मत आउने उहाँको दावी छ ।

२०४८ सालदेखि संसद्को यात्रा तय गरेका रामजनम चौधरीले यो क्षेत्रबाट तीन पटक चुनाव जित्नुभएको छ । अन्तिम पटक २०५६ सालमा निर्वाचित हुनुभएका चौधरीलाई रञ्जिताले रोक्न सक्नुहुन्छ होला त रु कैलालीवासी मंसिर ४ को प्रतीक्षामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्