Main News

बलात्कार आरोपी क्रिकेटर लामिछाने असोज २० गते स्वदेश फर्कने

हिमालय टिभी
२०७९ असोज १५ गते १३:५८
बलात्कार आरोपी क्रिकेटर लामिछाने असोज २० गते स्वदेश फर्कने

१५ असोज २०७९ काठमाडौं । बलात्कार आरोप लागेका क्रकेटर सन्दीप लामिछाने असोज २० गते स्वदेश फर्कने भएका छन् ।

सन्दीपले सामाजिक संजालमार्फत अक्टोबर ६ अर्थात असोज २० गते बिहिबार फर्कने बताएका हुन् । उनले स्वदेश फर्किएर आत्मसमर्पण गरेपछि झूटा आरोपविरुद्ध कानूनी लडाइँ लड्ने उल्लेख गरेका छन् ।

आफू निर्दोष रहेको दोहोर्‍याउँदै उनले देशको न्याय प्रणालीप्रति पूर्ण विश्वास व्यक्त गरेका छन् । उनले अदालतको निष्पक्ष सुनवाइ र निर्णयमा दृढ विश्वास रहेको भन्दै छिटो न्याय पाउने आशा समेत राखेका छन् ।

सन्दीपले आफू कहाँ छन् भन्नेबारे भने केही खुलाएका छैनन् । एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै गत भदौ २१ गते सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् । सन्दीप नफर्किएपछि प्रहरीले डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *