Main News

डेङ्गुबाट चितवनमा एक जना महिलाको मृत्यु

२०७९ असोज १३ गते ९:३४
डेङ्गुबाट चितवनमा एक जना महिलाको मृत्यु

१३ असोज २०७९ चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् ।

चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *