Main News

कोरोनाभन्दा घातक बन्दै डेंगु, सरकारको तयारी सुस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १२ गते २१:०९
कोरोनाभन्दा घातक बन्दै डेंगु, सरकारको तयारी सुस्त (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ काठमाडौं । कोरोना महामारीपछि डेंगु संक्रमण घातक बन्दै छ । हिमाल, पहाड तराई सबै क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ भने मृतकको संख्या पनि बढेको छ । अवस्था भयावह हुँदा पनि सरकारको तयारी सुस्त देखिएको छ ।

डेंगु संक्रमणाबाट हालसम्म २७ हजार भन्दा बढीमा प्रभावित बनेको सरकारी तथ्यांक छ । संक्रमित मध्ये हालसम्म ३६ जनाको मृत्यु भैसकेको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुँदा शरीरमा प्लेटलेट्सको संख्या घट्दै जान्छ र ज्यानै पनि जान सक्छ ।

यसरी ज्यानै जाने डेंगु संक्रमणलाई नियन्त्रण गर्न प्रयास जारी राखेको सरकारी दाबी छ । डेंगु नियन्त्रण गर्न ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको, विभिन्न माध्यमबाट प्रचार प्रसार, डेंगु रोग नियन्त्रणका लागि किट उपलब्ध गराएको सरकारले पटक–पटक दाबी गर्दै आएको छ । तर जनस्वास्थ्य विज्ञ भने डेंगु नियन्त्रणमा तीनै तह गम्भीर बन्न नसक्दा अहिलेको अवस्था सृजना भएको बताउँछन् ।

२०६१ सालदेखि नेपालमा डेंगु संक्रमण देखिएको हो । २०६१ सालमा १ जनामा डेंगु संक्रमण भएको सरकारी तथ्याकं छ । तर मंगलबारसम्मको तथ्याकं हेर्ने हो भने २०७९ मा सबै भन्दा धेरै २७ हजार ५ सय ६९ मा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण र मृतकको संख्या बढ्दै जानुले डेंगु संक्रमण नियन्त्रणमा सरकार फेल भएको पुष्टि हुने विज्ञहरुको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *