आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न हेल्थ असिस्टेन्ट संघ नेपाल माग भिडियो रिपोर्टसहित)

११ असोज २०७९ काठमाडौं । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।
हेल्थ असिस्टेन्ट संघ नेपालले आज स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापन पत्र बुझाउँदै आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो ।
२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन गरेको संघको भनाइ छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सलाई अत्याचार गरिएको भन्दै निर्णय सच्याउन माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले यस विषयमा छलफल गर्ने र त्रुटी भएको ठाउँमा सच्याउने आश्वासन दिनुभयो ।
माग सम्बोधन नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने संघले चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया