Main News
मनास्लु आधार शिविरमा हिमपहिरो, केही पर्यटक बेपत्ता
२०७९ असोज १० गते १५:२६

१० असोज २०७९ काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । ३–४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।
खराब मौसमका कारण मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको जनाइएको छ ।
प्रतिक्रिया