राजनीति

नेकपा एमालेको ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ८ गते १८:०२
नेकपा एमालेको ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम शुरु (भिडियो रिपोर्टसहित)

८ असोज २०७९ काठमाडौं । चुनावी चहलपहल बढेसँगै नेकपा एमाले ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम सुरु गरेको छ ।

धनुषामा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी कार्यालय च्यासलबाट महासचिव शंकर पोखरेलले कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

पार्टी क्रस, लाख प्लस कार्यक्रम विभिन्न पार्टीबाट एमालेमा समाहित गराउने र पार्टीलाई बहुमतमा पुर्‍याउने लक्ष्य रहेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, अभियानअन्तर्गत एमालेले एक पार्टी सदस्य दुई नयाँ मतदाता थप्न शुरु गरेको छ । पार्टीमा रहेका आठ लाख सदस्यले यो अभियानको अभियन्ताको रुपमा काम गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्