Main News

टुकुचालाई भूमिगत बनाउने संरचना पुरातात्विक सम्पदा पुष्टि भए भत्काउन नपाइने

हिमालय टिभी
२०७९ असोज ७ गते १६:५४
टुकुचालाई भूमिगत बनाउने संरचना पुरातात्विक सम्पदा पुष्टि भए भत्काउन नपाइने

७ असोज २०७९ काठमाडौं । टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् ।

पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् ।

महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले अध्ययन समिति बनाएको थियो । पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ ।

त्यसकै आधारमा समितिले प्रतिवेदन लेखन थालेको छ । दशैंअघि नै प्रतिवेदन पुरातत्व विभागमा पेश गर्ने बताएको छ । अध्ययनका क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा श्री ३ वीर लेखेको भेटाएको छ ।

पुरतत्व विभागले यो सुरुङमार्गलाई पुरातात्विक सम्पदाका मान्यता दिएमा महानगरले यसलाई बिगार्न पाउने छैन ।

यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । नापी विभागले समेत २०३२ सालमै खोला भूमिगत भएका कारण खोलाको नक्साङ्कन गरेको थिएन ।

प्रतिक्रिया

Leave a Reply to Anonymous Cancel reply

Your email address will not be published. Required fields are marked *