टुकुचालाई भूमिगत बनाउने संरचना पुरातात्विक सम्पदा पुष्टि भए भत्काउन नपाइने
७ असोज २०७९ काठमाडौं । टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् ।
पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् ।
महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले अध्ययन समिति बनाएको थियो । पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ ।
त्यसकै आधारमा समितिले प्रतिवेदन लेखन थालेको छ । दशैंअघि नै प्रतिवेदन पुरातत्व विभागमा पेश गर्ने बताएको छ । अध्ययनका क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा श्री ३ वीर लेखेको भेटाएको छ ।
पुरतत्व विभागले यो सुरुङमार्गलाई पुरातात्विक सम्पदाका मान्यता दिएमा महानगरले यसलाई बिगार्न पाउने छैन ।
यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । नापी विभागले समेत २०३२ सालमै खोला भूमिगत भएका कारण खोलाको नक्साङ्कन गरेको थिएन ।
अनि हामिलाइ जिवन दिने प्राकृतिक सम्पदाको संरक्षण चाहि कस्ले गर्ने। अहिले पुरातात्त्विक सम्पदा भन्दा पनि प्राकृतिक सम्पदाको संरक्षण गर्नु आवस्यक छ। कन्कृतको जङल भन्दा रुखपातको जङ्गललाइ प्राथमिकता दिइनुपर्छ। त्यसबेला अज्ञानताले भरियेको समाज थियो, अहिले ज्ञानले भरियेको समाज भयेपनि त्यसको पालना कहि कतै बात भयेको छैन। म तुकुचा संरक्षणमा साथ दिन तयार छु। अनि प्रेस हाउसले आफ्नो नैतिक कार्य बिर्सिनु भयेन।mass media for “to educate.”