Main News

राष्ट्रपतिले विधेयक रोकेर एकता प्रवर्द्धन गरेको एमाले सचिव भट्टराईको जिकिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ७ गते १६:४२
राष्ट्रपतिले विधेयक रोकेर एकता प्रवर्द्धन गरेको एमाले सचिव भट्टराईको जिकिर (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ नेपालगञ्ज । नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको हितमा काम गरेको दाबी गर्नु भएको छ ।

नेपालगञ्जमा पत्रकारहरुसँग सचिव भट्टराईले नागरिकता विधेयकका पक्ष र विपक्षमा जनमत विभाजित भएका बेला राष्ट्रपतिले विधेयक रोकेर राष्ट्रिय एकताको प्रवर्द्धन गरेको बताउनुभयो ।

सचिव भट्टराईले संसदको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त भएको भन्दै अग्निप्रसाद सापकोटा अहिले पनि पदमा बसिरहनु लज्जाको विषय भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *