Main News

आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज ७ गते ९:०५
आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

७ असोज २०७९ काठमाडौं । आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहँदा देशका तराई भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ ।

झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा–रतुवालगायत साना नदीमा जलसतह बढ्न सक्ने भन्दै नदी तथा खोलाको तटीय क्षेत्रमा ओहोरदोहोर गर्दा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार देशका प्रमुख र मझौला नदीहरूमा भने अबको तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *