Main News

अनुमतिबिना कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन

हिमालय टिभी
२०७९ असोज ७ गते ८:५१
अनुमतिबिना कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन

७ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले सूचना निकालेर सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया शुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ ।

विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको काममा बाधा उत्पन्न हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *