Main News

डेङ्गुबाट हालसम्म २४ जनाको मृत्यु, ७५ जिल्लामा फैलियो, कसरी बच्ने ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज ५ गते २०:५३
डेङ्गुबाट हालसम्म २४ जनाको मृत्यु, ७५ जिल्लामा फैलियो, कसरी बच्ने ? (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ काठमाडौं । २०६१ सालमा पहिलो पटक चितवनमा देखा परेको डेंगु संक्रमण मुस्ताङ र हुम्ला बाहेक हाल ७५ जिल्लामा फैलिएको छ । डेंगु संक्रमणबाट हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । त्यसैले डेंगु संक्रमितले विशेष ध्यान दिनुपर्ने चिकित्सकले सुझाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याकं हेर्ने हो भने मंगलबारसम्म १९ हजार २३ जनामा डेंगु संक्रमण भएको छ । डेंगुकै कारण अहिलेसम्म २४ जनाको मृत्यु भैसकेको छ । डेंगु संक्रमण भएर जटिल अवस्थामा रहेका व्यक्तिको मृत्यु भएको हो । जटिल समस्या भएका संक्रमितको लक्षण कस्तो हुन्छ त रु

डेंगु लागेका थोरै प्रतिशतलाई जटिल समस्या देखिने भएपनि, डेंगु लागेका अधिकांशलाई सामान्य उपचार गरेर नै निको हुन्छ । डेंगु संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने डेंगुमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लक्षण देखिन्छ ।

जस्ले गर्दा व्यक्ति आत्तिने, शिथिल हुने अवस्था आउँन सक्छ । चिकित्सकका अनुसार एक हप्ता भन्दा बढी संक्रमित व्यक्तिमा यस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा के गर्ने रु

डेंगु संक्रमण सबै भन्दा बढी काठमाडौंमा ५ हजार १ सय ३१, ललितपुरमा ५ हजार १ सय ४, मकवानपुरमा १ हजार ८ सय २९, दाङमा १ हजार १ सय ८० जनामा पुष्टि भएको छ । त्यस्तै हिमाली जिल्ला सोलुखुम्बुमा १० जनामा संक्रमण देखिएको छ । यी बाहेक अन्य जिल्लामा पनि संक्रमित बढ्दै छन् ।

चिकित्सकले पुरा बाउला भएको लुगा लगाउने, आफ्नो वरपर पानी जम्न नदिने, लामखुट्टे भगाउन धुप वा मलम प्रयोग गर्ने झुल हालेर मात्रै सुत्ने, पानी राख्ने भाँडाहरू छोपेर राख्ने वा पानी जम्न नदिने, कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क र बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कन सुझाव दिएका छन । यसरी लामखुट्टेको टोकाइबाट बच्न सके डेंगु लाग्नबाट जोखिन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *