राष्ट्रपतिको कदम जनताको सार्वभौम अधिकारमाथिको अंकुशः सत्ता गठबन्धन
५ असोज २०७९ काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेर जनताको सार्वभौम अधिकारमाथि अंकुश लगाएको आरोप लगाएको छ ।
आज बिहान बालुवाटारमा बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको जनाएको छ ।
राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको बताएको हो ।
विज्ञप्तिमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ । गठबन्धनले अब के गर्ने भन्ने निर्णय भने गरेको छैन ।
प्रतिक्रिया