Main News

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ असोज ५ गते १०:०८
सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

५ असोज २०७९ काठमाडौं । मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकमा दलहरूबीच सबै सिटमा भागबण्डा मिल्ने दाबी गरिएको छ ।

सरकारका प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले छलफल सहमति नजिक पुगेकाले आजको बैठकबाट सहमति हुने दाबी गर्नुभएको छ ।

उहाँका अनुसार १ सय ६५ सिटमा ८० प्रतिशतमा सहमति नजिक पुगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *