Main News

यौनजन्य आरोपीको गोपनीयताको हक माग गर्दै सर्वोच्चमा रिट दायर

हिमालय टिभी
२०७९ असोज ४ गते १७:४३
यौनजन्य आरोपीको गोपनीयताको हक माग गर्दै सर्वोच्चमा रिट दायर

४ असोज २०७९ काठमाडौं । यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी कसुरको आरोप वा अभियोग लागेका व्यक्तिको गोपनीयताको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराईले दायर गरेको रिटको सुनुवाई संवैधानिक इजलाशमा हुनेछ ।

‘अपराध पुष्टि नभएकै अवस्थामा यदि अभियुक्तको चरित्र हत्या गर्ने हो भने भोलिका दिनमा निजले अपराधबाट सफाइ पाउँदासमेत समाजमा निजप्रति कलुषित धारणा बसिसकेको हुन्छ। जसले निजलाई सामाजिक क्षति तथा न्याय प्राप्त भएको बोधसमेत हुने अवस्था रहँदैन,’रिटमा भनिएको छ।

यौनजन्य कसुरको जाहेरी पर्नासाथ समाजिक सञ्जाल, सञ्चारमाध्यममा आरोपितको पहिचान र तस्बिर सार्वजनिक गरिदाँ त्यस्ता जाहेरी परेका व्यक्तिको गोपनीयता भंग हुने रिटमा जिकिर गरिएको छ ।

फौजदारी न्यायको सर्वमान्य सिद्धान्तका आधारमा कुनै अभियोग लागेका व्यक्तिलाई सो अभियोग पुष्टि नभएसम्म निर्दोष मानिन्छ । सोही आधारलाई लिएर रिट दायर भएको हो ।

रिटमा गृहमन्त्रालय र प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *