Main News

उडानविहीन विमानस्थल, अध्ययन बिनाको करोडौँ खर्च, बनिरहेको छ अर्थ न बर्थ (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३ गते २१:४०
उडानविहीन विमानस्थल, अध्ययन बिनाको करोडौँ खर्च, बनिरहेको छ अर्थ न बर्थ (भिडियो रिपोर्टसहित)

३ असोज २०७९ काठमाडौं । अहिले मुलुकभर अन्तर्राष्ट्रिय र आन्तरिक गरि ५४ वटा विमानस्थल छन् । त्यसमध्ये २२ वटा गौचरनमा परिणत भएका छन् ।

सडक यातायात पुगेपछि हवाई यात्रुको अभावमा नेताको लहडमा खोलिएका विमानस्थ बन्द भएका हुन । संचालनमा रहेका मध्ये पनि अधिकांश विमानस्थल घाटामा छन् ।

५४ वटा विमानस्थल मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित ३२ वटा विमानस्थल संचालनमा छन् । बागलुङको बलेवा, दार्चुला, ढोरपाटन, डोल्पाको मसिनेचौर, जिरी, लाङटाङ, मेघौली, टिकापुर, डोल्पा, इलाम र कालिकोट लगायतका २२ वटा विमानस्थल बन्द छन् ।

सडक यातायात पुगेपछि हवाइ यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायीक योजना र अध्ययन बिनै खोलिएका विमानस्थ बन्द भएका हुन । संचालनमा रहेका मध्ये पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाफामा छ । पोखरा, बिराटनगर, वीरगञ्ज, भैरहवा, धनगढी विमानस्थलले संचालन लागत उठाए पनि बाँकी सबै घाटामा छन् ।

अहिले निजगढ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भइसकेको छ । चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले उद्यपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ ।

अहिले कुनै स्थानमा विमानस्थल निर्माण गर्नै परेमा तराई र भित्री मधेश क्षेत्रमा ४० नटिकल माइल र पहाडी क्षेत्रमा २० नटिकल माइल दूरीमा अर्को विमानस्थल नभएमा निर्माण गर्ने नीति छ । यो नीतिलाई नै परिमार्जन गरेर तराई र भित्री मधेशमा ६० र पहाडी क्षेत्रमा ४० नटिकल बनाउनुपर्ने जानकार बताउँछन् ।

नेपालमा विमानस्थल निर्माण गर्दा आवश्यकता र लागतको अध्ययन नगरी स्वार्थ केन्द्रित भएर राज्यको लगानी खेर गएको छ । चालू आर्थिक वर्षका लागि पनि सरकारले बाग्लुङ्गको बलेवा, दाङ, टारिगाँउ, टीकापुर, चौरजहारी लगायतका विमानस्थलको स्तरोन्नतीका लागि १२ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजना गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.