Main News

आज प्रमुख दलहरूले समानुपातिकतर्फको बन्दसूची पेश गर्दै

हिमालय टिभी
२०७९ असोज ३ गते ८:५३
आज प्रमुख दलहरूले समानुपातिकतर्फको बन्दसूची पेश गर्दै

३ असोज २०७९ काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज प्रमुख दलहरूले बन्दसूची पेश गर्दैछन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले आजसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गरिसक्नुपर्ने छ । आयोगले बन्दसूची बुझाउन दिएको पहिलो दिन हिजो २ वटा दलले मात्रै समानुपातिक तर्फको बन्दसूची पेश गरेका छन् ।

आज भने नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका प्रमुख दलले बन्दसूची पेश गर्नेछन् । आगामी चुनावबाट सङ्घीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन् ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *