Main News

जबराले महाअभियोगबाट सफाइ पाइसकेको एमाले अध्यक्ष ओलीको टिप्पणी

हिमालय टिभी
२०७९ असोज २ गते १८:४१
जबराले महाअभियोगबाट सफाइ पाइसकेको एमाले अध्यक्ष ओलीको टिप्पणी

२ असोज २०७९ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गर्नुभएको छ ।

आईतवार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि लागेको महाअभियोगमाथि सत्तापक्षले सफाइ दिएको बताउनुभएको हो ।

उहाँले महाअभियोग प्रश्ताव पारित नभइ संसदको कार्यकाल सकिएकाले प्रधानन्यायाधीशले सफाइ पाएको बताउनु भयो । सत्तापक्ष आफूले खनेको खाल्डोमा आफै परेकाले प्रधानन्यायाधीशले सफाइ पाएको उहाँको भनाइ छ ।

उहाँले सरकारले सर्वोच्च अदालतमाथि गोलाबारी गरेको आरोप लगाउनु भयो । संसदीय प्रक्रियाको निश्चित अवधि हुने भन्दै अध्यक्ष ओलीले आगामी संसदमा पनि सभामुखले महाअभियोग प्रश्ताव घर्रामा राखेभने के हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताउनु भयो ।

उहाँले सरकारले गैरजिम्मेवार क्रियाकलाप गरिरहेको भन्दै आफूहरुले त्यसको बिरोध गर्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकिकरणको सिद्धान्त अनुसार शासन सत्ता चल्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *