Main News

संसद बैठकको अन्तिम दिन देउवा र ओलीबीच चल्यो यस्तो जुहारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १ गते १८:१६
संसद बैठकको अन्तिम दिन देउवा र ओलीबीच चल्यो यस्तो जुहारी (भिडियो रिपोर्टसहित)

१ असोज २०७९ काठमाडौं । परमादेशी सरकारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सवाल–जवाफ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा पुनर्स्थापना गरेर सर्वोच्च अदालतले न्याय दिएको बताउनुभयो ।

उहाँले सरकार मात्र होइन, संसद पनि परमादेशबाटै पुनर्स्थापना भएको स्मरण गराउँदै त्यही फैसलाले अहिलेसँगै काम गर्न पाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संसद जिवित रहँदा नागरिकता लगायत धेरै विधेयक पारित गर्न सकेको स्मरण पनि गर्नुभयो । संसद पुनर्स्थापना भएर न्याय पाएको उहाँको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि संसदबाटै प्रधानमन्त्री देउवालाई जवाफ फर्काउनुभएको छ । अध्यक्ष ओलीले सरकार बनाउन पाउने संवैधानिक अधिकार खोसेर परमादेश जारी भएको कुरा बाहिर छताछुल्ल भएको बताउनुभयो ।

उहाँले परमादेशबाट सरकार लिनेबेला के के सेटिङ भएका थिए भन्ने पोल खुलेको आरोप लगाउनुभयो । नयाँ जनमत लिन चुनावमा जाने निर्णय प्रतिगमन नहुने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभाको अन्तिम बैठकमा आफूले तितो बोल्न नचाहेको भन्दै ओलीले प्रधानमन्त्रीले परमादेशको कुरा उठाएकाले मात्र जवाफ दिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *