Main News

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुग्यो

हिमालय टिभी
२०७९ असोज १ गते १७:०८
अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुग्यो

१ असोज २०७९ अछाम । अछामको विभिन्न स्थानमा पहिरो जाँदा २२ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही छन् ।

यसैगरी, कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गीता कामी, १२ वर्षीय सिरु कामीको ज्यान गएको छ । उनीहरु एकै घरका हुन् ।

यस्तै, कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिनुभयो ।

यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क बुढा, २१ वर्षीय चन्द्र देवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिंह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय सुशिल कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई छन् ।

८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *