Main News

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच सहमति, आन्दोलन फिर्ता

हिमालय टिभी
२०७९ असोज १ गते १४:५६
सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच सहमति, आन्दोलन फिर्ता

१ असोज २०७९ काठमाडौं । सरकार र मिटर ब्याज पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । योसँगै समितिले काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ ।

सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव डा। भीष्मकुमार भूसाल र संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् । भुसाल मन्त्रालयले गठन गरेको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक हुन् ।

मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिन कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको प्रताडना तथा हिंसाका कारण ज्यान गुमाएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।

त्यस्तै, ऋणीले साँवा र ब्याज चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगरेको पुष्टि भए कानुनी व्यवस्था गरी जग्गा पाउने गरी कानूनी व्यवस्था गर्ने सहमति भएको छ ।

संघर्ष समितिका माग कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसअनुसार कार्यान्वयन गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *