राजनीति

गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १ गते १४:१६
गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

१ असोज २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभएको छ ।

काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताउनु भएको हो ।

उहाँले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताउनु भयो । लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न ओलीले आग्रहसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले असोज ३ गतेको संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भयो । यसअघि एमालेले बिहान बृहद पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा पार्टीका पदाधिकारी,केन्द्रीय नेता,विभिन्न भ्रातृ संघसंगठनका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्