Main News

इ-पासपाेर्ट बनाउन किन राष्ट्रिय परिचय पत्र अनिवार्य ? कहिलेसम्म यस्ताे झन्झट (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३१ गते २१:३२
इ-पासपाेर्ट बनाउन किन राष्ट्रिय परिचय पत्र अनिवार्य ? कहिलेसम्म यस्ताे झन्झट (भिडियो रिपोर्टसहित)

३१ भदौ २०७९ काठमाडौं । ई–राहदानीका लागि सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगै सेवाग्राहीले थप झन्झट व्यहोर्नु परिरहेको छ ।

यसअघि नागरिकता भए राहदानी लिन मिल्ने व्यवस्था हटाएर राष्ट्रिय परिचय पत्रको नम्बर पनि अनिवार्य गरिएपछि झन्झट थपिएको हो । यस्तो झन्झट कहिलेसम्म बेहोर्नुपर्ने हो त ?

उहाँ हुनुहुन्छ, जुम्लाका गोविन्द सुनार । गोविन्दलाई जस्तै धेरैलाई राहदानी बनाउने प्रक्रिया नै थाहा छैन ।

दाङका सन्तराम यादवलाई पनि सरकारले थोपारेको यो नियमले साह्रै सास्ती दिएको छ ।

२०५५ सालमा नेपाल सरकारको सचिव पदबाट अवकाशप्राप्त पूर्वसचिव द्वारिकानाथ ढुंगेलको अनुभव पनि उस्तै छ । उहाँ यो नानाथरीका परिचयपत्रको भार जनतालाई बोकाउन नहुने बताउनुहुन्छ ।

हुन पनि राहदानी बनाउन सुरुमा राष्ट्रिय परिचय पत्र बनाउनुपर्ने, त्यसपछि निजी साइबर सेन्टरमा गएर ‘प्रि इन्‍रोलमेन्ट’ फारम भर्नुपर्ने अनि राहदानी विभागले दिएको मितिमा कार्यालय धाउनुपर्ने । यो प्रक्रियाका कारण राहदानी बनाउन आउनेहरुलाई असहज भइरहेको छ ।

तर, विभाग भने अहिले सुरुवाती समय भएकाले केही अस्तव्यत जस्तो देखिएको बताउँछ । सरकारले क्रमश। सम्पूर्ण सेवा एकीकृत गर्दै लैजाने लक्ष्य लिएकाले विस्तारै समस्याको समाधान हुने विभागको जवाफ छ ।

राहदानी बनाउन विगतमा पनि सजिलो थिएन । तर पछिल्लो समय ई पासपोर्ट लागू भएदेखि राष्ट्रिय परिचय पत्रको नम्बर पनि चाहिने व्यवस्थाले नागरिक थप तनावमा छन् ।

त्यसबाहेक सरकारी कामका लागि निजी साइबर खोज्दै हिँड्नुपर्ने, अनलाइनबाट भरिएको प्रि इन्‍रोलमेन्टमार्फत समयमै पालो नआउने जस्ता झन्झटले नागरिकमाथि समय र आर्थिक भार थपिएको छ । यसतर्फ सरोकारवाला नियकायको समयमै ध्यान जानुपर्ने हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *