सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

३१ भदौ २०७९ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न विधेयक टेबुल हुने भएका छन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधि सभामा उत्पति भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, बीमा विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ भने बैठकमा न्याय परिष्द् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यस्तै आज अपरान्ह् १२ बजेर ५९ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोगको राष्ट्रिय प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन तथा सर्वोच्च अदालत न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वष २०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।
प्रतिक्रिया