Main News

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९औं जन्मजयन्ती मनाइँदै

हिमालय टिभी
२०७९ भदौ २४ गते ८:२२
प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९औं जन्मजयन्ती मनाइँदै

२४ भदौ २०७९ काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९औं जन्मजयन्ती मनाइँदैछ ।

नेपालमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत् १९७१ भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनकै क्रममा राणा शासनको अन्त गर्न २००३ सालमा उनको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको थियो ।

त्यसपछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा(कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत पाएपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

क्यान्सर रोगले उनको २०३९ साउन ६ गते निधन भएको थियो । आज कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *