Main News

बागमती प्रदेशको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ भदौ २२ गते ९:२४
बागमती प्रदेशको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

२२ भदौ २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेशको एकदुई ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशहरूको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *