Main News

क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी

हिमालय टिभी
२०७९ भदौ २२ गते ९:१८
क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी

२२ भदौ २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ ।

काठमाडौँको एक कलेजमा अध्ययनरत किशोरीले हिजो बेलुकी काठमाडौँ प्रहरी परिषरमा जाहेरी दिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गत भदौ ५ गते काठमाडौँको एक होटलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ ।

घटनाको भोलिपल्ट भदौ ६ गते सन्दीप केन्या जानुभएको छ । कप्तान लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्डिजमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *