खेलकूद

भारतलाई ६ विकेटले हराउँदै श्रीलंका एसिया कप क्रिकेटको फाइनल प्रवेश

हिमालय टिभी
२०७९ भदौ २२ गते ८:०६
भारतलाई ६ विकेटले हराउँदै श्रीलंका एसिया कप क्रिकेटको फाइनल प्रवेश

२२ भदौ २०७९ काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सुपर फोर अन्तर्गत गएराति साविक विजेता भारतमाथि ६ विकेटको जित निकाल्दै श्रीलंकाले फाइनलमा स्थान पक्का पारेको हो । १७४ रनको लक्ष्य श्रीलंकाले १ बल अगावै ४ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

उसका लागि कुशल मेण्डिसले ५७ तथा पाथुम निशंकाले ५२ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै कप्तान दासुन सनाका ३३ तथा भानुका राजपाक्षले २५ रनमा अविजित रहे ।

बलिङमा भारतका लागि युजभेन्द्र चहलले ३ विकेट लिए । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

भारतका कप्तान रोहित शर्माले ७२ तथा सूर्यकुमार यादवले ३४ रन बनाए । श्रीलंकाका दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने र दासुन शनकाले समान २(२ विकेट लिए । सुपर फोरमा श्रीलंकाको यो लगातार दोस्रो जित हो ।

यसअघि श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो । उता सुपर फोरमा भारतको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको थियो ।

अब आज हुने पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तान विजयी भए भारत प्रतियोगताबाट बाहिरिने छ भने पाकिस्तान फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्