कर तिर्न सात क्यासिनोलाई महानगरको अल्टिमेटम

१९ भदौ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई अल्टिमेटम दिएको छ ।
पटकपटक ताकेता गर्दा पनि कर नबुझाएको भन्दै महानगरपालिकाले ७ दिनभित्र कर तिर्न आज क्यसिनोलाई पत्र पठाएको हो ।
परिपत्रमा होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनिएको छ ।
बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर र त्यसको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
प्रतिक्रिया