राजनीति
एमाले अघिल्लो निर्वाचनमाभन्दा बढी लोकप्रिय रहेको महासचिव पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)
२०७९ भदौ १९ गते १८:१४
१९ भदौ २०७९ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी अघिल्लो संघीय निर्वाचनभन्दा बढी लोकप्रिय भएको दाबी गर्नुभएको छ ।
विभिन्न जिल्लाहरु भ्रमण गरेर धनगढी आइपुगेका महासचिव पोखरेलले सुदूरपश्चिममा एमालेप्रतिको आकर्षण बढेको दाबी गर्नुभयो । उहाँले गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको पनि बताउनुभयो ।
जनताको हितमा नरहेको पाँच दलीय गठबन्धनलाई परास्त गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया