Main News

सुशासन दिन नसके देश श्रीलंकाको अवस्थामा पुग्ने नेता पौडेलको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १९ गते १७:५९
सुशासन दिन नसके देश श्रीलंकाको अवस्थामा पुग्ने नेता पौडेलको चेतावनी (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने चेतावनी दिनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता पौडेलले सुशासन कायम गर्न नसके देशलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताउनुभयो ।

नेता पौडेलले निजामति सेवा ऐन चाँडै संसदमा पेस हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजामति ऐनलाई चाँडै टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *