Main News

भारतीय सेनाका प्रमुख जनरल पाण्डे आज नेपाल आउँदै

हिमालय टिभी
२०७९ भदौ १९ गते ९:२७
भारतीय सेनाका प्रमुख जनरल पाण्डे आज नेपाल आउँदै

१९ भदौ २०७९ काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल आउँदै हुनुहुन्छ ।

पाँच दिने भ्रमणका लागि आज अपराह्न पाण्डे काठमाडौँ आउने तय भएको हो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी छ ।

सेना प्रमुख पाण्डेले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *