Main News

दलहरुसँग सरकारमा पुगेपछि जनतालाई के दिने योजना नै छैनः महामन्त्री थापा

हिमालय टिभी
२०७९ भदौ १८ गते १८:११
दलहरुसँग सरकारमा पुगेपछि जनतालाई के दिने योजना नै छैनः महामन्त्री थापा

१८ भदौ २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरुसँग सरकारमा पुगेपछि जनतालाई के दिन्छौँ भन्ने योजना नै नहुने गरेको बताउनु भएको छ ।

काठमाडौंमा प्रशासन व्यवस्थापन र विकास केन्द्रको २०औं साधरणसभाको उद्घाटन गर्दै थापाले निर्वाचन जित्ने र सरकार बनाउनेभन्दा सरकारमा गएर जनतालाई के दिन्छौं भन्ने बिषय मुख्य हुनुपर्नेमा जोड दिनु भयो ।

सरकारमा पुगेपछि के गर्ने भन्ने प्रश्नको जवाफ नै नेतृत्वसंग नहुने भएकाले सरकारबाट अपेक्षित रुपमा काम हुन नसकेको उहाँको भनाइ छ ।

निर्वाचनमा प्रतिवद्धता सहितको घोषणपत्र बनाउने तर निर्वाचित भएर गएपछि घोषणापत्र बनाउने र सरकारमा बस्नेका बीचमा कुनै छलफल नै नहुने समस्या रहेको महामन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा कांग्रेस नेता नैनसिंह महरले राजनीति गर्नेहरु सबै खराब नभए पनि केही खराव आचरण भएका नेतृत्वका कारण समग्र राजनीति नै बदनाम भएको गुनासो गर्दै आफू राजनीतिको सुधारको पक्षपाती रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *