Main News

चलचित्र क्षेत्रको समस्या समाधान गर्न सरकार तयार

हिमालय टिभी
२०७९ भदौ १८ गते १८:०७
चलचित्र क्षेत्रको समस्या समाधान गर्न सरकार तयार

१८ भदौ २०७९ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभामा सञ्चारमन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका कलाकारको सुझावका आधारमा चलचित्र उद्योगको समस्या समाधान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमा पनि संसारका सिने उद्योगसँग प्रतिष्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताउनु भयो । उहाँले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपालीभाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत चलचित्र उद्योग बन्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *